३ मंसिर २०८३, बिहिबार

प्रचण्डले सच्चाए झुट : भने -‘आबेसँग नेपालमा भेट नभएपनि विभिन्न माध्यमबाट सम्पर्कमा थिएँ’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । शुक्रबार राती जापान उडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवतरण गर्नासाथ विमानस्थलमा सञ्चारकर्मीसँग कुुराकानी गदै जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग नेपालमा तीन पटकसम्म भेटेको बताए ।

आबे नेपाल आएको र भेटका क्रममा तीन पटकसम्म कुराकानी भएको भनेर प्रचण्डले दाबी गरेपनि आबे अहिलेसम्म नेपाल भ्रमणमा भने नआएको पुष्टि भएको छ। उनी प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्री हुँदा पनि नेपाल नआएको जापानी दूतावासले जनाएको छ। तर, प्रचण्डले किन आबेसँग नेपालमा नै तीन पटक भेटेर कुराकानी भएको झूटो  दाबी गेर ? भन्दै अहिले उनको चौतर्फी आलोचना भईरहेको छ ।

चौतर्फी बिरोध भएपछि दाहालले नरिता विमानस्थलमा बोलेको झुट फुकुओकामा पुगेर सच्याएका छन् ।फुकुओकामा प्रवासी नेपालीलाई सम्बोधन गर्दै उनले भने,’एक-डेढ महिनाअघि नै जापान आउने निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका रूपमा पनि जापानका पूर्वप्रधानमन्त्री आबेसँग विभिन्न रूपले म सम्पर्क र कुराकानीमा हुने गरेको थिएँ । र, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग भेट्ने र फेरि एकचोटि प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्‍याएको थिएँ । तर दुर्भाग्य उहाँको यहीबीचमा बडो दुर्भाग्यपूर्ण अवसान भयो । म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । शोकसन्तप्त परिवारमा पनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’