३ मंसिर २०८३, बिहिबार

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक, चुनावी गठबन्धन मुख्य एजेण्डा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा भएसँगै लोसपाले समितिको बैठक बोलाइएको हो ।

सोमबार चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको लोसपाले जनाएको छ । अगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन ।