
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बेरुवा औंठिसहित दुई जना पक्राउ परेका छन् । बिहीबार नेपाल एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका दुई जनालाई पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१५ रामपुरका विवेक तिम्सिना र दक्षिणकाली नगरपालिका–४ काठमाडौंका साजन श्रेष्ठ रहेका छन् । लुकाई छिपाई लैजान खोजिएको सुनको बेरुवा औंठिसहित उनीहरुलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तिम्सिना र श्रेष्ठको साथबाट दुई–दुई थान सुनको धातुको बेरुवा औंठी बरामद गरिएको हो । बरामद धातुको तौल अन्दाजी १६० ग्राम रहेको प्रहरीले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया