
काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
मेयर साहसँग हिजो बुधबार भएको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिएका छन् ।
भेटबारे ट्विटरमार्फत जानकारी दिँदै महामन्त्री थापाले साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको बताएका छन् ।
‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायत विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ थापाले ट्विट गरेका छन् ।
हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो।काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ। pic.twitter.com/EaPNTJ5TbF
— Gagan Thapa (@thapagk) August 4, 2022















प्रतिक्रिया