५ कार्तिक २०८३, बिहिबार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।

यसअघि निर्वाचन आयोगले  मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव सरकारलाई दिँदै आएको थियो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।