
काठमाडौं, १९ साउन । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच भेटवार्ता भएको छ ।
राजनीतिक भेटघाटका लागि भारतमा रहेका निधिले बुधबार साँझ मन्त्री गडकरीकै निवासमा पुगेर भेट गरेका हुन् । भेटमा नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको बताइएको छ ।
यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच पनि भेटघाट भएको छ । भेटमा दुबै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको बताइएको छ ।
मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए । त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए ।















प्रतिक्रिया