
काठमाडौं, १२ साउन । त्रिभुवन विमानस्थलबाट करिब डेढ किलो सुनसहित भारतीय यात्रु नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईबाट काठमाडौं ओर्लिएका युसुफ हरुनलाई विमानस्थल प्रहरीले एक किलो ६ सय ग्राम सुनसहित नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ती क्षेत्री जि.सी.ले जनाएका छन् ।
उनको साथबाट भित्री वस्त्रमा दुई पोका प्लाष्टिकभित्र लुकाएर ल्याएको सुन बरामद भएको हो ।
उनको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई आगमन टनेलबाट नियन्त्रणमा लिएर चेजाँच गरेको थियो ।












प्रतिक्रिया