
काठमाडौं, १२ साउन । नेकपा (एमाले)ले महंगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौंमा वृहत प्रदर्शन गर्दैछ ।
एमालेले काठमाडौंमा ४० हजार मानिसहरु उतार्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी तयारी भइरहेको जनाए ।
उनले सिंगो शक्ति उपत्यकास्थित पार्टी कमिटी र जनसंगठन परिचालन गरिएको बताए ।
आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन बिशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्न अभियान चलाइएको बताए ।

नेकपा एमाले आन्दोलन परिचालन कमिटीको विस्तारित बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहेका संयोजक श्रेष्ठले महंगीविरुद्धको जनप्रदर्शनलाई सवैको साझा बनाएर अघि जाने योजनासमेत सुनाए ।
बैठकमा सबै जनसंगठन, उपत्यकास्थित सबै पार्टी कमिटी र वागमती प्रदेश संगठन कमिटीलाई संख्या नै तोकिएको छ । बैठकमा प्रमुख अतिथि एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले योजना बनाउने तर कार्यान्वयन नहुने विगतको प्रवृत्ति यसपटक दोहोरिन नदिनका लागि विशेष ध्यान दिनुपर्ने बताए ।












प्रतिक्रिया