
काठमाडौं, १० साउन । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ ।
आयोगको विवरणअनुसार नेकपा (एमाले)को लोकप्रिय मत बढी देखिएको छ ।
आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरणमा ३२९ स्थानीय तहको प्रमुख पदसहित नेपाली कांग्रेस पहिलो बनेको छ ।
यद्यपि मतमा भने कांग्रेस एमालेभन्दा पछि रहेको तथ्यांकले देखाएको छ ।
विवरणअनुसार कांग्रेसले भन्दा एमालेले करिब एक लाख मत बढी पाएको छ भने वडाध्यक्षतर्फको मतमा भने नेपाली काँग्रेसले अग्रता रहेको छ ।
वडाध्यक्षतर्फ कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३१ मत ल्याएको छ भने नेकपा एमालेले ३८ लाख ११ हजार ६ सय २ मत पाएको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रले १५ लाख ३ हजार २ सय ४७ मत पाएको छ ।
जसपा ५ लाख ५७ हजार ६६२ मतसहित चौथो स्थानमा रहेको छ भने नेकपा एसले ४ लाख ५८ हजार ४६० मत पाएर पाँचौँ स्थानमा रहेको आयोगले जनाएको छ ।
हेर्नुस् मत विवरणः
















प्रतिक्रिया