
काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले युरोपियन मुलुकहरु स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।
भण्डारीले स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाइ समितिको सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरिएको थियो ।
त्यस्तै, भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया