
काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शमाले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्नेबारे गठित संसदीय विशेष छानबिन समितिलाई प्रहरीको फरेन्सिक ल्याबले पठाएको रिपोर्टमा अर्थमन्त्रालयको भिडियो पनि संलग्न रहेको छ ।
अहिले भिडियो सांसदहरुले हेरिरहेका छन् । यद्यपि भिडियो कहिलेदेखि कहिलेसम्मको छ भन्ने चाहीँ यकिन छैन । जेठ १४ गतेकै छ छैन भन्ने पनि खुलेको छैन ।
फरेन्सिक ल्याबले सिलबन्दी गरेर सोमबार समितिलाई रिपोर्ट बुझाएको थियो । बजेट भाषणको अघिल्लो मध्यरातमा अनाधिकृत व्यक्तिलाई सिंहदरबार घुसाएर बजेटमा करको दर हेरफेर भएको भन्दै चर्को विरोध भएपछि छानबिन समिति गठन गरिएको थियो ।















प्रतिक्रिया