५ कार्तिक २०८३, बिहिबार

बाँकेको कोहलपुरमा आफ्नै घरमा एक दम्पती मृत भेटिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १० साउन । बाँकेको कोहलपुरमा आफ्नै घरमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

कोहलपुर १० स्थित पार्वतीपुरमा आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।

श्रीमान बाहिर र श्रीमती घरभित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमानको हातमा चोट देखिएको र श्रीमतीको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको छ ।

बाँके प्रहरीले उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ ।