५ कार्तिक २०८३, बिहिबार

फरेन्सिक ल्याबले बुझायो सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

ल्याबले सोमबार रिपोर्ट बुझाएको हो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १४ गते मध्यरातमा अनाधिकृत व्यक्तिलाई सिंहदरबार प्रवेश गराई बजेटमा करको दर हेरफेर गरेको भन्ने प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।

समितिले अध्ययन गर्ने क्रममा फरेन्सिक ल्याबमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको रिकभरीका लागि अनुरोध गरेको थियो ।

जेठ १४ गतेको भिडियो फुटेज डिलिट भएको मन्त्रालयले जवाफ पठाएपछि समितिले फरेन्सिक ल्याबमा रिकभरीका लागि पठाएको थियो ।

यद्यपि रिपोर्ट सोमबार खोलिएको छैन । मंगलबार विहान ८ बजेमात्रै समितिले सिलबन्दी रिपोर्ट खोलेपछि मात्रै फुटेज रिकभरी भएको नभएको जानकारी हुने भएको छ ।