३ मंसिर २०८३, बिहिबार

वीरगञ्जमा २ दिनदेखि बेपत्ता ४ वर्षीया बालिका मृत फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

वीरगञ्ज, ७ साउन । वीरगञ्जमा दुई दिनदेखि हराइरहेकी ४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

शनिबार विहान वीरगञ्ज–२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो ।

स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

साउन ५ गतेदेखि हराइरहेकी सुहानाको आज शव भेटिएको हो । शुक्रबार परिवारले बालिका हराएको निवदेन प्रहरीलाई दिएका थिए ।

हाल वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगे शव जाँच मुचुल्का तयार गर्दैछ । त्यसपछि शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल लगिने प्रहरीले जनाएको छ ।

प्रहरीले बालिकाको हत्या आशंकमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीय बालक र अर्को एक जनालाई पक्राउ गरेको हो ।

उनीहरुले भने बालिकाको लडेर मृत्यु भएको दावी गरेका छन् ।

बालिकाको गालामा चोट देखिएको प्रहरीले जनाएको छ ।