
काठमाडौं, ६ साउन । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची समावेश छ । साथै गृह मन्त्री बालकुष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जनाए ।













प्रतिक्रिया