५ कार्तिक २०८३, बिहिबार

महङ्गीविरूद्ध एमालेले वृहत जनप्रदर्शन गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपा (एमाले)ले पछिल्लो समय बढेको चर्को महंगीविरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।

एमालेले सर्वसाधारणको चुलो बल्नै नसक्ने गरी भएको महंगीविरुद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

जसका लागि एमालेले आफ्ना सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार विभाग प्रमुखहरुको भेलामा महंगी र सरकारी बेथितीविरुद्ध प्रदर्शनका लागि तयार रहन निर्देशन दिएका हुन् ।

एमालेले सरकारका बेथिति तथा महंगीविरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।

प्रदर्शनलाई प्रभावकारी बनाउन आवश्यक सवै तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।

बैठकमा महासचिव पोखरेलले महङ्गीविरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने बताए । जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरिएको छ ।

साउन १६ गते २ बजे बशन्तपुरमा भेला भई बृहत प्रदर्शन गर्ने एमालेको योजना रहेको छ । बैठकमा महासचिव पोखरेलले छिटोभन्दा छिटो उपत्यका स्तरीय भेला गरी प्रदर्शनमा आफ्नो पहिचानसहित उपस्थितीको संख्या तय गर्न निर्देशन दिएका छन् । आजको बैठकमा उपमहासचिव बिष्णु रिमालसमेत सहभागी भएका थिए ।