५ कार्तिक २०८३, बिहिबार

प्रचण्ड, माधव नेपाल, डा. भट्टराईसहित नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन। जनता समाजवादी पार्टीबाट हटाइएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाहेक छरिएका कम्युनिस्टको समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन्।

उच्च स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपालगायत स–साना कम्युनिस्ट पार्टीलाई छलफलमा ल्याएर नेकपा माओवादी केन्द्र र डा. भट्टराई पक्षको एउटा समाजवादी केन्द्रको प्रस्ताव अघि सारिएको हो।

प्रचण्ड र भट्टराईबीच बुधबार बिहान भेट भएको थियो। सो क्रममा गठबन्धनबाट डा. भट्टराई अलग नहुने धारणा मात्र प्रचण्डले सार्वजनिक गरेका थिए। स्रोतले भन्यो,‘छरिएर रहेका माओवादी एक हुनेगरीको प्रस्ताव भएको छ। यसमा नेकपा एकीकृत समाजवादी, बामदेव गौतमसम्मको सहभागीता रहन सक्ने कुरा पनि छ।’

तत्कालिन नेकपाको सचिवालयका बहुमत सदस्यबीच पनि बुधबार यहि विषयमा कुराकानी भएको थियो। सो छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठको सहभागीता रहेको थियो।