५ कार्तिक २०८३, बिहिबार

जनार्दन शर्माको बयानः करको दर हेरफेर नगरेको दावी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा आफूले कुनै अनाधिकृत व्यक्ति नल्याएको दावी गरेका छन् ।

बिहीबार विहान शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई बयान दिने क्रममा शर्माले यस्तो दावी गरेका हुन् ।

उनले आफूमाथि लागेको आरोपको खण्डन गरे ।

’अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन’, शर्माले भने ।

गत जेठ १४ गते शर्माले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराई करको दर हेरफेर गरेको खुलेको थियो । जसमा समाचार लेख्ने दुई पत्रकारहरुलाई समितिले वुधबार नै बयान लिइसकेको थियो ।