
पर्सा, ५ साउन । जल तथा मौसम विज्ञान विभागले पर्साको ठोरी तथा आसपास क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ ।
भारी वर्षाका कारण आसपासका खोलानालामा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले विज्ञप्तिमा भनेको छ ।












प्रतिक्रिया