
काठमाडौं, ४ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेश सभा चुनाव मंसिरबाट धकेल्ने प्रयासमा गठबन्धन लागेको आशंका गर्दै त्यसको प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
सत्ता गठबन्धनले चुनावलाई फागुनमा सार्ने तयारी गरेको भन्दै बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष ओलीले भने,‘यस्तो षडयन्त्रको प्रतिकार गर्नुपर्छ, चुनावलाई सार्न दिनुहुन्न।’
आगामी निर्वाचनपछि एमालेको सरकार बनाउनेगरी कार्यकर्ता परिचालन हुनुपर्ने जिकीर गरेका उनले भने,‘एमालेको सरकार बन्नेगरी तलसम्म परिचालित हुनुस्, स्थानीय निर्वाचनमा भएका कमजोरीलाई सुधार गरौं।’















प्रतिक्रिया