५ कार्तिक २०८३, बिहिबार

महिला राजनीतिको टाकुरोमा फर्किएकी अञ्जना

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन। ‘म कहिल्यै पनि सफलताको सपना देख्दिन, सफलताका निम्ति काम गर्छु, खट्छु’ भन्ने धारणा राख्छिन् अञ्जना शाह रावल। यो दशकका केही बर्ष राजनीतिबाट नेपथ्यमा रहेकी उनको चर्चा सुरु भएको छ। उनी उक्त पार्टीको राष्ट्रिय महिला संगठनको अध्यक्ष छिन्।

पूर्वअध्यक्ष कुन्ती शाही महामन्त्रीमा निर्वाचित भएपछि उक्त जिम्मेवारीमा उनलाई अध्यक्ष राजेन्द्र लिङदेनले नियुक्त गरेका थिए। उनी त्यसअघि नै राप्रपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिसकेकी छन्।

‘राजनीति विचार र व्यवाहारको मार्ग हो, परिवर्तनको फरक अभियान पनि हो। त्यतिमात्र नभएर हाम्रो समाजमा महिला आन्दोलन र अधिकारका लागि पनि आवश्यक ठानेर अघि बढेकी छु’, उनी सुनाउँछिन्।

हुन त समाज परिवर्तनका खातिर, महिला अधिकारकाका क्षेत्रमा अञ्जनाको अनुभव सामान्य छैन। उनी पत्रकारिता क्षेत्रको पृष्ठभूमीबाट राजनीतिमा उदाएकी महिला हुन्। ‘पत्रकारिता पेशाबाट अवकास लिएको लामो समय नै भयो, राजनीतिक बाटोबाट नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने लागेर अग्रसर छु’, उनी भन्छिन्।

एक बलियो महिला नेत्री भनेको सबैको लागि सम्मानजनक बन्नुपर्छ भनेर ठान्ने उनी हरेक व्यवहारमा सहिष्णु हुनुपर्छ भन्ने पनि ठान्दिनन्। ‘राजनीतिले समाजभित्र एउटा कुशल चरित्र स्थापित गर्नुपर्छ भन्ने नै हो तर अहिले यसभित्र पनि कतिपय खराब पात्र र प्रवृत्ति छ, त्यसलाई स्वीकार गर्नुपर्छ भन्नेचाहिँ हुँदैन’, अञ्जना भन्छिन्।

राजनीतिमा अञ्जनाको प्रवेशचाहिँ ०६४ सालमा भएको थियो। मुलुक गणतन्त्रमा प्रवेश गर्दा उनीचाहिँ हिन्दु राष्ट्र र राजसंस्थाको अनिवार्यता रहेको वकालत गरिरहेको पार्टीमा प्रवेश गरिन्। ‘गणतन्त्रले बेथितिलाई बलियो बनाउँछ भन्ने हाम्रो विचार अहिले सही साबित भइसकेको छ। त्यसैले जुन विचारमा अडिग भइयो त्यसमा कुनै पनि पछुतो गर्ने ठाउँ छैन’, उनी सुनाउँछिन्।

७ बर्षसम्म राजनीतिमा निस्क्रिय रहेकी उनको उदय राप्रपामा नयाँ पुस्ताका नेतृत्वसँगै भयो। महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनको उदय नै अञ्जना जस्ता कर्मठ महिलाका निम्ति जिम्मेवारीताका साथ टाकुरामा उभिएर काम गर्ने अवसर बन्यो

०४८ सालदेखि बाल कार्यक्रम सञ्चालकका रुपमा उनले सञ्चार क्षेत्रको यात्रा सुरु गरेकी थिइन्। नेपाल टेलिभिजनमा आउने सांग्रिला च्यानल, च्यानल नेपाल हुँदै नेपाल १ टेलिभिजनमा काम गरेपछि सन् २००६ देखि उनले पत्रकारिताको आवद्धता त्याग गरिन्। त्यसपछि करिब ६ बर्ष एउटा क्यानेडियन प्रडक्सन हाउसमा उनले काम गरिन्।

राजनीतिमा उनको प्रवेशचाहिँ तत्कालिन राप्रपा नेपालको युवक संगठनबाट भएको थियो। दुई कार्यकाल राप्रपा नेपालको युवक संगठनमा काम गरेकी उनी महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

तत्कालिन अध्यक्ष कमल थापालगायतका कार्यकलापका कारण उनी रुष्ट भइन् र निर्वाचित पदबाट राजीनामा दिए पनि कार्यकर्ताका रुपमा खटिइन्। ‘निर्वाचित भएको पदको अर्थ हुन्छ, जिम्मेवारी। जिम्मेवारीअनुसार भनेको कुरा लागु नभएपछि त्यस पदमा बस्नु उचित हुँदैनथियो त्यसैले साधारण कार्यकर्ता हुनेगरी राजीनामा गरेकी थिएँ’, उनले सुनाइन्।

७ बर्षसम्म राजनीतिमा निस्क्रिय रहेकी उनको उदय राप्रपामा नयाँ पुस्ताका नेतृत्वसँगै भयो। महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनको उदय नै अञ्जना जस्ता कर्मठ महिलाका निम्ति जिम्मेवारीताका साथ टाकुरामा उभिएर काम गर्ने अवसर बन्यो।

राजनीतिमा इमानको सँधै कदर हुन्छ भनेझैं अञ्जनालाई अध्यक्ष लिङदेनले महिला मोर्चाको नेतृत्व सम्हाल्नेसहित महाधिवेशन गराउने जिम्मेवारीसहित मनोनयन गरी राजनीतिको मुखार उत्तरदायित्वको कसीमा उभ्याएका छन्।

‘पार्टीले जुन जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्ने धोको छ। तर मैले जिम्मेवारी पाएको विषयमा खुसी नभएका कतिपय महत्वपूर्ण पदमा बसेकाहरूले नै काम गर्न नदिने रणनीति अपनाएका छन्’, उनी भन्छिन्,‘यो चुनौतिलाई पार लगाउँदै पाएको जिम्मेवारी पूरा गर्नेछु।’

राजनीति सरल रेखामा हुँदैन भन्ने उक्तिलाई बिख्यात बनाइएको छ। तर, त्यसलाई सहज रेखामा पूरा गर्न सकिन्छ भन्ने अञ्जनाको धारणा छ। त्यसैले त भन्छिन्,‘एउटा पुरुष शिक्षित हुँदा पुरुष मात्र शिक्षित हुन्छ, एउटा महिला शिक्षित हुँदा एउटा युग नै शिक्षित हुन्छ। यो जिम्मेवारीपूर्ण हिसाबमा हेर्दा राजनीतिमा पनि उपयोग हुने उक्ति हो।’