
काठमाडौं, ४ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी भइसकेको जनाउँदै सोमबार नजिता प्रकाशन गर्न लागेको जनाएको छ ।
उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डको भनाई छ ।
प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ ।
दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका थिए ।












प्रतिक्रिया