
काठमाडौं, ४ साउन । काठमाडौंमा निस्किएको मिथेन ग्यासको फोहोरा बन्द भएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ मा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज विहान करिब ३ बजेदेखि बन्द भएको हो ।
नगरपालिकाका मेयर दीपक रिसालका अनुसार त्यहाँ ट्यांकर पठाएर सफा गर्न लागिएको छ ।
मंगलबार विहान १० बजेदेखि ग्यास निस्किएको थियो ।
फोहोराले वरपरका घरका भित्ताहरुमा पुगेपछि प्रभावित बनाएको थियो ।
ग्यासका बारेमा भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । टोलीले ८ देखि १३ प्रतिशत मिथेन ग्यास रहेको र कहिलेकार्हीँ अचानक त्यस्तो हुनसक्ने बताएको थियो ।












प्रतिक्रिया