
काठमाडौं, ३ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विज्ञान तथा प्रविधि प्रेमी पनि हुन् ।
मंगलबार कार्यक्रमका लागि उनी पार्टी कार्यालय जान निस्कन लागेका थिए । उनका लागि सुरक्षाकर्मी तथा उनी चढ्ने गाडी तैनाथ थिए । तर त्यहाँ विद्युतीय गाडी (माइक्रो बस) पुगेपछि ओलीले त्यही गाडीमा चढेर च्यासलस्थित पार्टी कार्यालय पुगे ।

अध्यक्ष ओली आफ्नो गाडीमा नभई माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए ।
अध्यक्ष ओली माइक्रोबाट ओर्लिँदा पार्टी कार्यालयमा उपस्थित नेता कार्यकर्ताहरुका लागि सरप्राइज भयो ।
सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका अध्यक्ष ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबसमा चढेका हुन् ।

माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली चढेपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत माइक्रोमा चढे ।
ओलीले माइक्रो चढेर जाने भनेपछि सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो ।
हेर्नुस् तस्वीरमा:
















प्रतिक्रिया