
काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इग्नोग गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसँगको छोटो भेटमा हार्दिकता देखाएका छन् ।
अन्तराष्ट्रिय अर्थशास्त्रीलाई भेटने क्रममा भारतीय प्रधानमन्त्री मोदीले योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेसँग भेट गरेका हुन् ।
मोदीको भेट नपाएपछि निराश बनेर प्रचण्ड फर्केका पर्सिपल्टै वाग्लेले सामाजिक सञ्जालमा मोदीसँगको भेटबारे तस्विरसहितको सार्वजनिक गरेका छन् ।
वाग्लेले मंगलबार सामाजिक सञ्जालमा मोदीसँग हात मिलाएको तस्विर राख्दै आफ्नो कुराले मुस्कुराएको बताए ।
‘..नेपालको ‘हिट’ करे..’ भन्दै अर्थशास्त्री वाग्लेले लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियोः हाइवेज, इन्फोवेज र ट्रान्सजेव (हिट) अर्थात पूर्वाधार, डिजिटल अर्थतन्त्र र उर्जा प्रशारणबाट द्रुत बिकास गर्ने पहलमा भारतको साथ हुनेछ । १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरुलाई भेटने क्रममा मैले यो प्रसंग उठाउँदा मोदीजी मुस्कुराउनुभो ।’
















प्रतिक्रिया