३ मंसिर २०८३, बिहिबार

न्यायाधीशसँग घुस डिल गरेको अडियो प्रकरणमा अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेपाल कानून व्यवसायी परिषदले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस दिन खोजेका अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध स्पष्टिकरण सोध्न माग गरेको छ ।

परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको हो ।

उनले स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र सम्पर्कविहीन भएपछि परिषदले मंगलबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

उनले न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो ।

सार्वजनिक सूचना निकाल्नुअघि परिषदले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा समेत म्यादको पत्र पठाए पनि कतैबाट जवाफ नआएको परिषदको भनाइ छ ।

हेर्नुस् सूचनाः