
काठमाडौँ, २ साउन । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि तयारी थालेको छ ।
एमालेले त्यसको सुरुवात लागि प्रदेशस्तरीय प्रशिक्षणबाट गरेको छ । एमालेले प्रदेशदेखि जिल्लामा चुनाव लक्षित प्रशिक्षण गर्न लागेको हो ।
यसै क्रममा एमाले उपाध्यक्षले आज मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षण सुरु गरेका छन् ।
त्यसैगरी, मंगलबार प्रदेश १ को विराटनगर, वुधबार वागमतीको काठमाडौँ, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षण गरिने एमालेले जनाएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख बिष्णु रिजालले अन्य प्रदेशमा भने मिति तोक्न बाँकी रहको जनाए ।
प्रशिक्षण भौतिक उपस्थिति एवम् भर्चुअल दुवै तरिकाले हुने रिजालको भनाइ छ ।
प्रशिक्षणको संयोजनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई सातवटा प्रदेशको जिम्मेवारी दिइसकेको छ ।
प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वाग्मतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजनको जिम्मेवारी तोकिएको छ ।















प्रतिक्रिया