५ कार्तिक २०८३, बिहिबार

यसकारण मोदीले भेटेनन् प्रचण्डलाई

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भनिए पनि मोदीले भेटेनन् ।

भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा दिल्ली पुगेका प्रचण्डले दलका अध्यक्ष जेपी नड्डासँग फर्कने दिन भेटवार्ता गरेका छन् ।

त्यस्तै, विदेशमन्त्री एस जयशंकरसँग पनि प्रचण्डले भेटे । तर, उनले चाहेको मोदीसँगको भेटवार्ता भने हुन सकेन ।

मोदीसँग प्रचण्डले भेट्ने कुनै औपचारिक कार्यक्रम थिएन । केवल हल्लमात्रै थियो । तर, मोदीसँग उनको भेट भएन । यसबारे राजनीतिक वृत्तमा टिकाटिप्पणी भइरहेका छन् ।

मोदीले किन प्रचण्डलाई भेटेनन् भन्नेबारे निकै चासोका साथ हेरिएको छ । मोदी श्रावणभर धार्मिक गतिविधिमा बढी व्यस्त हुन्छन् । उनी एक छाकमात्र भोजन गर्छन् । अति महत्वपूर्ण बाहेकका भेटहरु श्रावण महिनाभर गर्दैनन् किनकि मोदीका लागि श्रावण श्रवण अर्थात् सुन्ने महिना हो ।

प्रचण्डले सन् १९५० को सन्धि पुरावलोकनबारे कुरा उठाएपछि मोदीले भेट नदिएको कतिपयको बुझाइ छ ।

त्यस्तै, भारत भ्रमणकै क्रममा अध्यक्ष प्रचण्डले भारतपछि आफू चीनको भ्रमण गर्ने बताएपछि पनि मोदी रुष्ट बनेर नभेटेको टिप्पणी भएको छ ।

प्रचण्डका आफ्नो अभिव्यक्तिका कारण पनि मोदीसँग भेट नभएको बताइएको छ ।

मोदीसँग भेट नभएपछि प्रचण्ड निराश हुँदै स्वदेश फर्किएका छन् । उनको भ्रमण खल्लो बनेको उनकै पार्टीका नेताहरु पनि बताउँछन् ।