५ कार्तिक २०८३, बिहिबार

विमानस्थलबाट एक वर्षमा ४८० किलो सुन बरामद

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमै ४८० किलो सुन बरामद भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय हवाई यात्रुले ल्याएको ४८० किलो सुन बरामद भएको जनाएको हो ।

कार्यालयले नयाँ आर्थिक वर्षको पहिलो दिन आर्थिक वर्ष २०७८÷७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।

भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ ।

विदेशबाट नेपाल यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउँछन् भने तयारी सुनको हकमा ५० ग्राम निःशुल्क र थप ल्याउन सकिन्छ । दुई सय ग्राम भन्सार तिरेर ल्याउन सकिने कानुनी व्यवस्था रहेको छ ।

मापदण्डभन्दा बढी सुन जफत हुने तथा कानुनी कारवाही हुने व्यवस्था छ ।

दैनिक औसत ३० यात्रुबाट १ केजी ५ सय ग्रामसम्म अवैध सुन बरामद हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।