३ मंसिर २०८३, बिहिबार

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले आइतबार मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गरेका हुन् ।

भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।

अध्यक्ष प्रचण्ड नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली गएका हुन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले सचिव विनयमोहन क्वात्रा, भारतीय विदेश मन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरिसकेका छन् ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेर स्वदेश फर्कने बताइएको छ ।