
काठमाडौँ, १ साउन । भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच राष्ट्रघाती सम्झौता भएको खुलेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक पत्रमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको उपस्थितिमा उनीहरुबीच सम्झौता भएको उल्लेख छ ।
उनीहरुबीच भारतले हडपेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सालाई सच्याउने कुरा उल्लेख गरिएको छ । त्यस्तै, संसदमा पेश गरिएको नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतलाई तत्कालै नागरिकता दिने व्यवस्था अविलम्ब गर्न भूमिका खेल्ने उल्लेख छ ।
त्यसैगरी, अंगीकृत नागरिकलाई देशको सर्वोच्च पद राष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक अंगका प्रमुखमा रहेको बन्देज खारेज गर्ने सहमति भएको उल्लेख छ ।
यी विषयलाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नेसम्मको सहमति भएको खुलासा गरिएको छ । जसका लागि दुई तिहाइ आवश्यक पर्ने र आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई कायम गरी अघि बढ्ने पत्रमा उल्लेख छ ।
त्यति मात्र होइन भारतीय नेताहरुको रोहबरमा सत्तारुढ गठबन्धनमा कांग्रेस र माओवादीले पालैपालो सरकारको नेतृत्व गर्ने सम्झौता पनि भएको जनाइएको छ ।
हेर्नुस् सहमति भएको भनिएको पत्र:

तर यसको चौतर्फी रुपमा चर्को विरोध भएपछि प्रचण्डको सचिवालयले यो सबै गलत भएको भन्दै विज्ञप्ति जारी गरेको छ । यस्तो हसमति नभएको जिकिर गर्दै प्रचण्डको सचिवालयले शनिबार साँझ वक्तव्य जारी गरेको हो । सचिवालयले शनिबार धारणा राख्दै सहमतिबारे खण्डन गरेको हो ।
यस्तो छ धारणाः
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्ष जयप्रकाश नड्डा ज्युको निमन्त्रणामा तीन दिने सदभावना भ्रमणका लागि नयाँ दिल्लीमा हुनुहुन्छ। उहाँको दैनिक भेटघाट र कार्यक्रम सबै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमले प्रशारण गरिरहेका छन।
आज बिहान भारतका लागि नेपाली राजदुतावासमा महामहिम शंकर प्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनु भएकी काङ्ग्रेस नेतृ डा आरजु राणा देउवासङ्ग कमरेड अध्यक्षको ब्रेकफास्टकै क्रममा सामुहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नु भएको थियोे। भेटघाटको क्रममा दूतावासका कर्मचारी सहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो।
यस विषयलाई लिएर केहि मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।
त्यस प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पुर्णतः खारेज गर्दछौं । कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।
हाम्रो देश र जनताको हित बाहेक अरु कुनै स्वार्थ छैन । राष्ट्रिय स्वार्थ प्रती प्रतिवद्द रहि छिमेकीसङग टेबुलमा बसेको एक राष्ट्रनायक प्रतिका टिप्पणीहरु नै राष्ट्रहितका विपरीत हुन्छन् भन्ने चेतना सम्बन्धित पक्षलाई हुन जरुरी छ। धन्यवाद















प्रतिक्रिया