३ मंसिर २०८३, बिहिबार

बालेन शाह सुन्ने मुडमा थिएनन्, फोटो खिच्दै पोस्ट गरेर केही हुन्नँः केशव स्थापित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार । नेकपा (एमाले) नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहले भेटघाट गर्दै फोटो खिचेर पोस्ट गरेर कहीँ टिप्पणी गरेका छन् ।

केही दिनअघि आफनो निवासमा पुगेका महानगरका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको स्थापितले खुलाएका छन् ।

‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो ।’

मिडियाका लागि साह भेट्न आएको जस्तो देखिने स्थापितको टिप्पणी छ । ‘यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो । यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु । मैले उसलाई सबैभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु ।’