३ मंसिर २०८३, बिहिबार

पौडी खेल्ने क्रममा झापामा डुबेर बालकसहित ३ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३२ असार । झापाको भद्रपुर नगरपालिका–३ धिमेलधुरा बस्ने सितु सापकोटाको छोरा ११ वर्षीय ईश्वर सापकोटाको सोही ठाउँस्थित देउनिया खोलामा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा खोलाको किनारमा उनको शव फेला परेको हो ।

यता रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर धनुषा छिरेश्वर नगरपालिका–५ महेन्द्रनगर बस्ने २१ वर्षीय पारस यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

खोलामा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा सोही खोलाको किनारमा उनको शव फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।