
काठमाडौँ, ३२ असार । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिल्लीमा प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाडको भद्दा झल्को दिएको बताएका छन् ।
रिजालले २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको स्मरण गर्दै सत्ता र चुनावमा बाँडफाँडको अन्तिम टुंगोका लागि भेटवार्ता भएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत रिजालले यस्ता हर्कतले प्रत्येक स्वाभीमानी नेपालीको शीर निहुरिएको उल्लेख गरेका छन् । रिजालले लेखेका छन्, ‘सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौँमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुशी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ ।’
यस्तो छ रिजालको टिप्पणीः
एउटा लज्जास्पद दृष्य
प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाडको भद्दा झल्को दिन्छ ।
२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो ।
सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुसी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ ।















प्रतिक्रिया