
काठमाडौँ, ३२ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिल्ली पुगेका प्रचण्ड र केही दिन अघि उपचारका लागि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुबीच आज विहान भेटवार्ता भएको हो ।
भेटका क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो ।
शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।
प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् ।












प्रतिक्रिया