
काठमाडौँ, ३२ असार । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गते (भोलिबाट) देखि लागू हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरले एक सूचना जारी गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र वुधबार संकलन गर्ने तथा नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको उठाइने तोकेको छ ।
जसका लागि नागरिकहरुले नै फोहोर छुट्याउन सहयोग गर्नुपर्ने बताइएको छ ।
महानगरले एक महिनाअघि नै सूचनामार्फत नगरबासीहरुलाई कुहिने र नकुहिने फोहोर संकलन गर्न अपील गरेको थियो ।
यदि महानगरको सूचनालाई बेवास्ता गरेमा फोहोर पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।
कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।
















प्रतिक्रिया