५ कार्तिक २०८३, बिहिबार

पीडितको राहतमा दलीय भागबण्डा भएपछि कुटाकुट, १८ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार । नवलपरासीमा कोरोनापीडितको राहतमा राजनीतिक भागवण्डा गरेको भन्दै झडप भएको छ ।

जनप्रतिनिधिहरुले विपन्नहरुले पाउने राहतमा पनि दलीय आधारमा भागबण्डा गरेपछि भएको झडपमा १८ जना घाइते भएका छन् ।

भागवण्डामा कुरा नमिलेपछि सरावल गाउँपालिकाको वडा नं. ५ मा कुटाकुट भएको हो ।

जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।

घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झडपमा १० जना एमाले र ८ जना कांग्रेस कार्यकर्ताहरु घाइते भएका छन् । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।

कोरोनाबाट प्रभावित अतिविपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नं. ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा भएको हो । त्यस्तै, राहत वितरणमै समस्या भएपछि वडा नं. पनि अहिले खुल्न सकेको छैन ।