
काठमाडौँ, ३१ असार । नेपाल चीन हिमालयन मैत्री समाजले भूराजनीतिक अवस्थाका बारेमा शीर्ष नेताहरुलाई एकै स्थानमा उभ्याएर बहस गर्ने भएको छ ।
समाजले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख वक्ताका रुपमा आमन्त्रण गरेको छ ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवले भूराजनीतिक अवस्था र नेपालले लिएको पछिल्लो नीतिका बारेमा धारणा राख्ने आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस नेता चन्द्र भण्डारी पनि वक्ता रहेका छन् ।
कार्यक्रममा भूराजनीतिक अध्येता तथा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक डा. दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्किएलगत्तै समाजले सभागृहमा बृहत कार्यक्रम गर्न लागेको हो ।












प्रतिक्रिया