५ कार्तिक २०८३, बिहिबार

विद्युत प्राधिकरणमा मदिरा पार्टी, फोटो खिच्ने क्रममा चितवनका पत्रकार कृष्ण आचार्यमाथि आक्रमण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३२ असार । प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि सांघातिक आक्रमण भएको छ ।

उनीमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा कर्मचारीहरुले सांघातिक आक्रमण गरेका हुन् ।

प्राधिकरणको शाखा कार्यालयमा भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलनका लागि पुगेका आचार्यमाथि रक्सी सेवन गरेर मातिरहेका कर्मचारीहरुले आफूमाथि हातपात गरेको आचार्यले बताए ।

कार्यालय प्रमुख सिंहको ठाडो निर्देशनमा आफूमाथि हातपात भएको आचार्यको भनाइ छ ।

मातेका कर्मचारीहरुले भोजको फाटो खिच्दै गर्दा पत्रकार आचार्यमाथि हातपात गर्नुका साथै उनको साथबाट २ वटा मोबाइल समेत खोसेको बताइएको छ ।

आफ्नो ज्यान बचाउन त्यहाँबाट भागेका उनको छाती र हातमा चोट लागेको छ ।

घटनालाई लिएर नेपाल पत्रकार महासंघ चितवन र प्रेस चौतारी नेपाल चितवनको सहयोगमा पत्रकार आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिएका छन् ।

पत्रकार आचार्य राससका चितवन सम्बादाता तथा चितवनबाट प्रकाशित हुने सञ्चारपत्र दैनिक र नारायणी अनलाइनका सम्पादक हुन् ।

आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डित नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी तथा विभिन्न सन्चार सम्बद्ध सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै घोर भर्त्सना र निन्दा गरेका छन् ।