
काठमाडौँ, ३० असार । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई गठबन्धन भन्दा महिला पार्टीलाई मिलाएर अघि बढ्न आग्रह गरेका छन् ।
बिहीबारको केन्द्रीय कार्य समितिको बैठकमा उनले देउवालाई पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर जान आग्रह गरेका हुन् ।
उनले भने– ‘मैले सभापतिजीलाई भने १४ औं महाधिवेशनमा म पनि तपाईंको खिलाफमा उठेको थिएँ । शेखरजी हुनुहुन्थ्यो । प्रकाशमानजी हुनुहुन्थ्यो । रामचन्द्र, शशांक र सिटौलाजीले चुनाव लड्नु भएको थिएन । तर हामी सबैलाई थाहा छ काँग्रेसमा शक्तिकेन्द्र र उपकेन्द्र छन् । त्यसलाई मिलाएर लैजानुस् ।’















प्रतिक्रिया