३१ आश्विन २०८३, शनिबार

बाबुराम पक्षलाई कारवाही गर्दै उपेन्द्र यादव

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

यादव पक्षको वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकमा नेताहरुले बाबुराम पक्षलाई कारवाही गर्नुपर्ने जिकिर गरेका छन् ।

यद्यपि पत्र पठाएरै कारवाही नगरिने तर केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गर्दा बाबुराम पक्षका नेताहरुलाई हटाएर उनीहरुको ठाउँमा नयाँ मनोनयन गरिने बताइएको छ ।

बाबुराम पक्षका नेताहरुलाई केन्द्रीय समिति तथा कार्यकारिणीबाट हटाएपछि कारवाही सरह नै हुन्छ । यद्यपि पार्टीको आधिकारिक निर्णय साँझसम्म आउने ती बताइएको छ ।