
काठमाडौँ, ३० असार । नेकपा (एमाले)ले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम अधिकारी गभर्नर नभएको स्पस्टीकरण दिएको छ ।
सत्तारुढ दलका नेताहरुले एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै भ्रामक रुपमा आलोचना गरेपछि अधिकारीलाई एमालेलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्न समेत नसकिने बताएका छन् ।
गभर्नरको पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर गभर्नर अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नलिएको स्पष्ट पारेका छन् ।
यसअघि पनि विभागका प्रमुख घनश्याम भुसाल एवम् संसदीय दलका सचेतक विशाल भट्टराईले एम. अधिकारी गभर्नर नभएको स्पष्ट पारिसकेका छन् ।















प्रतिक्रिया