३१ आश्विन २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा घाइते गिरीको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० असार । मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्र्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा पर्नुभएको थियो ।

उहाँलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पुर्याएका थिए । टाउकोमा चोट भएको उहाँको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पुर्याएका थिए ।

त्यहाँ उपचारका क्रममा गएराति मृत्यु हुनुभएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा पर्नुभएकी साइकलमा सवार एक महिलाको समेत सोही अस्पतालमा उपचार भईरहेको छ ।-रासस