
काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन दवाव दिएका छन् ।
यसअघि पनि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको दवावले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले अधिकारीलाई निलम्बन गरेको थियो ।
तर सर्वोच्च अदालतले अधिकारीलाई पुनर्वहाली गरेपछि उनी काममा फर्किएका थिए ।
अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार सत्ता पक्षका दलका नेताहरुले बाहिर ल्याएपछि आलोचना भएको भन्दै अधिकारीलाई देउवाले छलफलका लागि बोलाएका हुन् ।
अधिकारीलाइृ देउवाले मार्ग प्रशस्त गर्न आग्रह गरेको बताइएको छ । यद्यपि अधिकारीले एमालेको विभागमा भएको नाम आफ्नो नभएको र कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको स्पष्ट पारिसकेका छन् । उता एमालेले पनि गभर्नर नभएर अरु कसैको नाम भएको जनाइसकेको छ ।















प्रतिक्रिया