३१ आश्विन २०८३, शनिबार

गुरु पूर्णीमामा अचानक बालकोट पुगेका मेयर बालेनलाई ओलीले दिए तबला उपहार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आएका काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई तबला उपहार दिएका छन् ।

वुधवार साँझ गुरु पूर्णिमा र भानु जयन्तीको अवसर पारेर महानगरका विविध विषयमा कुरा गर्न मेयर साह ओली निवास पुगेका थिए ।

अध्यक्ष ओलीसँग मेयर साहले आफूले काठमाडौँमा गर्न चाहेका ठूला योजनाहरुका बारेमा कुरा गरेका थिए ।

जसका लागि एमाले र अध्यक्ष ओलीको साथ चाहिने मेयर साहले बताएका थिए ।

अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैं साथ रहने र एमालेका जनप्रतिनिधीले सधैं साथ दिने बताएका छन् ।

उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो । अध्यक्ष ओलीले मेयर साहलाई तबला उपहार दिएर पठाएका थिए ।