३१ आश्विन २०८३, शनिबार

“हवाई टिकट काटौँ सुन चाँदी जितौँ” योजनाको बम्पर उपहार विजेता सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेको “हवाई टिकट काटौँ सुन चाँदी जितौँ” योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।

जसमा पहिलो दुइ साताको एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ भएका छन् । भने दोस्रो दुइ साता को एक भाग्यशाली बिजेता राम पुकार महतो भएका छन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेका थिए ।

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ ।

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुहरुमध्ये योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरमदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन माध्यम नै रोज्छन् ।

यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

आइएमई पेको बारेमा:

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

“आइएमई पे”आइएमई ग्रुप डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।