३१ आश्विन २०८३, शनिबार

बैंकिङ कसूरमा ५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० असार । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका–६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।