३१ आश्विन २०८३, शनिबार

शुक्रबार सबै सांसदलाई उपस्थित हुन एमालेको ह्वीप, उपसभामुखको उम्मेदवारबारे छलफल हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३० असार । नेकपा (एमाले)ले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

शुक्रबार उपसभामुख पदमा निर्वाचन हुँदैछ । जसका लागि एमालेले आफ्ना सांसदहरुलाई अनिवार्य सहभागीता जनाउन एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आग्रह गरिएको बताए ।

उनले उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ ।