३१ आश्विन २०८३, शनिबार

प्रचण्ड शुक्रबार भारत जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् ।

उनी भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । यद्यपि अन्य कार्यक्रमबारे भने केही खुलाइएको छैन ।

त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने पनि बताइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।