
काठमाडौँ, ३० असार । प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ ।
बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।
नेकपा एमालेका सांसदहरुले यसको विरोध गरे पनि प्रस्ताव अस्वीकृत भएपछि प्रक्रिया अघि बढेको हो ।















प्रतिक्रिया